हेटौंडा, थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । थाहा नगरपालिका वडा नम्वर ९ मा जारी फुटबल प्रतियोगिताको सेमिफाइनलमा थाहा नगरपालिका वडा नम्वर १, ३, ७ र ११ प्रवेश गर्न सफल भएको खेलकुद बिकास समिति थाहा ९ चित्लाङका अध्यक्ष अमर सिंह ठकुरीले जानकारी दिए ।

शुक्रबार हुने पहिलो सेमिफाइन खेलमा वडा नम्बर ३ विरुद्ध ७ र दोस्रो खेल वडा नम्बर १ विरद्ध ११ बीच हुने छ । बिहिबार भएको पहिलो क्वाटर फाईनल खेलमा वडा नम्वर ११ विजयी भएको छ । वडा नम्वर ८ लाई ८ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्वर ११ सेमिफाईनलमा प्रबेश गरेको हो । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ११ का रोशन बल भएका थिए ।
त्यस्तै क्वाटर फाईनल चरणको दोस्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर १२ लाई ५–१ गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको छ । यस खेलको म्यान अफ द म्याच वडा नम्बर ७ का शुभराज गोले भएका थिए । उनले उक्त खेलमा ३ गोल गरेका थिए ।
क्वाटरफाईनल चरणकै तेस्रो खेलमा वडा नम्बर १ ले वडा नम्बर ४ लाई १–० गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको छ । यस खेलको म्यान अफ द म्याच वडा नम्बर १ का मनिष अमात्य भएका थिए ।
माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र दोश्रो हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने रायमाझीले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको छ ।







