ब्याटमिण्टन संघ मकवानपुरको तदर्थ समिति गठन

हेटौंडा, मकवानपुर जिल्ला ब्याटमिण्टन संघको शनिवार हेटौंडामा तदर्थ समिति गठन गरिएको छ । विजय सिंह ठकुरीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

ADVERTISEMENT

समितिको सचिवमा लक्ष्मण महर्जन, कोषाध्यक्षमा देव कुमार घिमिरे रहेका छन भने सदस्यहरुमा क्रमशः भुवन थापा, कुमार गोले, सन्तोषकुमार क्षेत्री, भिम राई, नरेन्द्र मोक्तान र रेवती कार्की रहेका छन् ।

तदर्थ समितिले २१ दिनभित्र जिल्ला अधिवेशन र पाँचसय रुपियाँ सदस्यता शुल्क लिई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका माधव कोईराला लगायतकाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya