हेटौंडा, हेटौंडा १९ मा रहेको मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : हरिवंश भेटवाल चयन भएका छन् । सहकारीको १५ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले भेटवालकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा राजकुमार पौडेल, सचिव सुभाषचन्द्र कंडेल, सहसचिव शंकर तिमल्सिना, कोषाध्यक्ष मनहरि बर्तौला तथा सदस्यमा निर्मला विष्ट, सुनिता पाठक, मिनु बर्तौला, मनहरा पण्डित, विक्रम पण्डित र गंगाप्रसाद उप्रेती रहेका छन् । यस्तै लेखा समिति संयोजकमा प्रवोध बिडारी तथा सदस्यमा माधव गौतम र श्यामसुन्दर अर्याल रहेका छन् ।
जिल्ला बचत संघ मकवानपुर अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सचिव सुभाषचन्द्र कंडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राममणि बर्तौलाले आर्थिक प्रतिवेदन प्रश्तुत गरेका थिए ।
साधारणसभामा उत्कृष्ट वचतकर्ता, असल ऋणी, एकल महिला, उत्कृष्ट शेयरकर्ता, ज्येष्ठ शेयर सदस्य तथा एसईई र १२ कक्षामा उत्कृष्ट भएका शेयर सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो । सहकारीको जम्मा पुँजी ६ करोड ८० लाख १५ हजार ७७७ रुपैयाँ रहेको जानकारी दिइएको छ ।






