काँडेतार चलचित्रको हेटौंडामा प्रदर्शन हुने

हेटौंडा, भारतसँगको खुला सिमानाका कारण नेपालीले अनेकौ समस्या झेल्न बाध्य रहेकोले काँडेतार लगाउनुपर्ने सन्देश दिने उद्देश्यसहित निर्माण गरिएको नेपाली चलचित्र काँडेतारको हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन गर्न लागिएको हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

ADVERTISEMENT

फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको विशेष प्रदर्शन गर्न लागिएको हो । चलचित्रका निर्देशक नवल खड्काले खुला सीमाका कारण झडपमा परेर मृत्यु भएका परिवार तथा घाइतेको सहयोगार्थ विशेष प्रदर्शन गर्न लागिएको जानकारी दिए । देशको माटो र नेपाली मान्छे जोगाउनुपर्छ भन्ने भाव चलचित्रमा रहेको जानकारी दिँदै निर्देशक खड्काले खुला सीमाका कारण भोग्नुपरेको समस्या चलचित्रमा प्रश्तुत गरिएको बताए । ‘यो राष्ट्रभक्ति र देशभक्ति चलचित्र हो । देश जोगाउने अभियान देशैभर चलोस भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘६० भन्दा बढी स्थानमा विशेष प्रदर्शन गरिसकेका छौं । आफूलाई नेपाली हुँ भन्ने सम्झिनेले काँडेतार चलचित्र छुटाउनु हुँदैन ।’

खुला सिमाका कारण अहिले पनि नेपालमा इन्डियाको ठाडो हस्तक्षेप रहेको उनको भनाई थियो । काँडेतारमा आम युवाको समस्यालाई समेत प्रश्तुत गरिएको चलचित्रका कलाकार प्रशान्त यादवले जानकारी दिए । विशेष प्रदर्शन पुस २७ गते नारायणी मलस्थित एनएस सिनेमा हलमा दिउँसो साढे २ बजेबाट हुने जानकारी दिइएको छ । चलचित्रमा सत्यकला राई, मकिको राई र अञ्जु केसी निर्माता रहेका छन् । काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ADVERTISEMENT

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्तकुमार श्रेष्ठ लगायतको आतिथ्यता थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya