नवोदय विद्यालयमा सांस्कृतिक प्रदर्शनी

हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा मङ्गलबार सांस्कृतिक प्रदर्शनी कार्यक्रम भएको छ । नेपालमा रहेका हरेक समुदायको संस्कृतिको बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले नवोदय सामाजिक क्लवले सांस्कृतिक प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो ।

नवोदय सामाजिक क्लवका अध्यक्ष सक्षमकुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । नेपालमा रहेका विभिन्न जातजातीको भेषभुषा, सांस्कतिक संस्कारको बारेमा विद्यार्थीलाई जानकारी गराउनु पर्ने जोशीले बताए ।

कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थी, शिक्षकहरु विभिन्न भेषभुषाको पहिरनमा सजिएका थिए । सामाजिक विषय अन्तर्गत भेषभुषा र कला संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको सामाजिक विषयका शिक्षक तथा नवोदय सामाजिक क्ल्वका सल्लाहकार सरोज पुरासैनीले जानकारी दिए । सांस्कृतिक प्रदर्शनी कार्यक्रमले गर्दा विद्यार्थीहरुलाई परम्परागत भेषभुषा, रीतिरिवाज र चालचलनको बारेमा पनि सिकाउन सहज हुने उनको दावी रहेको थियो ।

विद्यालयको प्राङ्गणमा विद्यार्थीहरुले कुमारी, संयुक्त नेपाल, नेपाली कला र संस्कृति, किराँत संस्कृति, नेपाली बाध्य बाधन, संस्कृति वस्तु/भाँडाकुँडा, खुकुरी, लाखे, नेपाली खाना र पोशाक, ढाका टोपीको स्टल राखी प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले सांस्कृति नृत्य र लाखे नाच पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button