हेटौंडा, हेटौंडा ११ मा रहेको क्षीर सागर दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा पुनः शालिकराम पुडासैनी चयन भएका छन् । शुक्रबार भएको सहकारीको छैठौँ साधारणसभाबाट पुडासैनीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा बासुदेव पौडेल, सचिवमा तारादेवी कप्रौला, सहसचिवमा गीता राना र कोषाध्यक्षमा जम्बरबहादुर बानियाँ चयन भएका छन् ।

यसैगरी सदस्यमा पुर्णकुमारी बस्नेत, मन्जु बिडारी, भिमसेन हुमागाई, तेसराज रिमाल, लिलानाथ अगस्ती चयन भएको सहकारीको व्यवस्थापक देवकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद खनाल चयन भएका छन् भने सदस्यमा धर्मेन्द्र भट्ट र सावित्री गजुरेल रहेका छन् । सहकारीको अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका बानियाँले हेटौंडा उपमहानगरपालिकामा अब पहुँचको चलखेलको चलन सकिएको बताएका छन् । हेटौंडा उपमहानगरपालिकाको कृषि क्षेत्रमा धाउँदा धाउँदा केही पनि भएन भनेर सहभागी कोही एक जनाले हात उठाउनुस् त भन्दै उनले प्रश्न गरे ।

‘मलाई तपाईहरुले उपमेयर बनाइदिनु भएको छ । म त्यही कुर्सीमा मात्रै सिमित भए भने त ठिक छ । पाँच वर्षको लागि बनाइदिनु भयो । तर मैले गरेको सामाजिक कार्यको लागि अन्तिम हुनेछ ।’ उनले भने । ‘हेटौंडा उपमहानगरपालिकाले अहिले खर्चकेन्द्र वडालाई बनाएका छाँै । तपाई कुनै केही माग गर्दै हुनुहुन्छ वडामै जानुहोस् ।’ उनले भने –‘ हेटौंडा उपमहानगरपालिकाले सहकारीको माध्यमबाट एउटा निति बनाएर कृषिमा जादैँ छौँ।’
सहकारीमा सबैभन्दा बढी दूध विक्री गर्नेमा पुण्यकुमारी बस्नेत प्रथम, श्रीराम भक्त गिरी द्वितीय, उद्धवप्रसाद गजुरेल तृतीय, हरीमाया पण्डीत र सावित्री हुमागाई सान्त्वना हुन सफल भएका थिए । उनीहरुलाई संस्थाले सम्मान गरेको थियो । १ सय २७ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ५ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीको कारोबार २ करोड २४ लाख ९४ हजार रुपैयाँ रहेको छ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडा अध्यक्ष जुना दाहाल, सदस्य गीता सुनार, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो ।






