बेद अध्ययन केन्द्रको शिलान्यास

हेटोंडा/हेटौंडा १७ गैरीगाउँमा बेद अध्ययन केन्द्रको शिलान्यास गरिएको छ । हेटौंडा–१७ गैरीगाउँमा रहेको श्रीमद्भागवत ज्ञानसञ्चार बृद्धाश्रमले निर्माण गर्न लागेको आण्डाल बेद अध्ययन केन्द्रको बिहीबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् । बेद अध्ययन केन्द्रको शिलान्यास गर्दै बानियाँले धर्मले सबैको हीत गर्ने बताए ।

ADVERTISEMENT

धर्मले सबैलाई एकताको शुत्रमा बाध्ने समेत काम गरेको उनको भनाई थियो । बानियाँले लोप हुन लागेको संस्कृति र बेद अध्ययन केन्द्रमा आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले उपमहानगरपालिकाको तर्फबाट ५ लाख भन्दा बढी सहयोग गर्ने बताए । बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, वृद्धाश्रमका पूर्व अध्यक्ष हरिप्रसाद सिग्देल, कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, विभिन्न मन्दिरका मठाधिशहरु, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

अध्ययन केन्द्र निर्माण गर्न बागमती प्रदेश पर्यटन मन्त्रालयबाट ४० लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १० लाख र हेटौडा–१७ नम्बर वडा कार्यालयबाट २ लाख रकम प्राप्त भएको छ । विष्णु लक्ष्मी शयन अवतार सहित अध्ययन केन्द्रमा कमल पोखरी, पुष्प बाटिका, रामानुज स्तम्भ र सभाहल निर्माण हुने बृद्धाश्रमका सचिव नवराज न्यौपानेले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *