थाहा आइडल एकल नृत्यको उपाधी कसले चुम्ला ?

हेटौंडा, थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्य प्रतियोगिताको नतिजा आज सार्वजनिक हुँदैछ ।

ADVERTISEMENT

सोमबार टप ६ मा छनौट भएका प्रतिस्पर्धीले आफ्नो प्रस्तुती दिएका थिए । टप ६ मा अनिश लामा, सुहाना गोपाली, सोनिमा वाइवा, कृपा गोपाली, सन्ध्या थापा र विजय मगर पर्न सफल भएका थिए ।

भोटको नतिजाको आधारमा आज मङ्गलबार थाहा आइडल एकल नृत्य प्रतियोगिता घोषणा गरिने प्रतियोगिताका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । ६ जना प्रस्तुतीको लागि सोमबार बेलुका सम्मको लागि आयोजकले भोटिङको व्यवस्था मिलाएको थियो ।

प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका छन् । आइडलको उपाधि जित्नेले नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेले नगद २० हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका अस्मिता अधिकारीले प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *