कारको ठक्करबाट बकैयामा बालकको मृत्यु

हेटौंडा, मकवानपुरको बकैया गाउँपालिकामा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बकैया गाउँपालिका ४ गोठखोलामा हात्तिसुढेबाट गरगरेतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले साइकल यात्रीलाई ठक्कर दिँदा स्थानीय ११ वर्षीय निशान बानियाँको मृत्यु भएको हो ।

ADVERTISEMENT

साइकल चलाएर हिँडिरहेका बानियाँको कारको ठक्करबाट खुट्टा भाँचिनुका साथै टाउकोमा चोट लागेको थियो । हेटौंडा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने कार चालक चितवनको भरतपुर महानगरपालिका १० बस्ने ३५ वर्षका शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *