मकवानपुर क्रिकेट एकेडेमीमा क्रिकेट खेल्ने खेलाडी बढ्दै

हेटौंडा, मकवानपुरमा पछिल्लो समय क्रिकेट खेलप्रति आर्कषण बढ्दै गएको पाइन्छ । गत वैशाखबाट सञ्चालनमा आएको मकवानपुर क्रिकेट एकेडेमीमा दैनिक रूपमा क्रिकेट सिक्न आउने खेलाडीको संख्या पनि बढ्दै गइरहेको पाइन्छ ।
‘क्रिकेट खेलमा खेलाडी उत्पादन गर्ने हेतुले बैशाख महिनाबाट सञ्चालनमा आएको एकेडेमीमा १० जनाबाट शुरु गरेकोमा अहिले एकेडेमीमा २५ जना आबद्ध भएका छन् ।’

ADVERTISEMENT

एकेडेमीका प्रशिक्षक तक्षक सिम्खडाले भने –‘क्रिकेट खेल सिक्नको लागि विद्यालयस्तरका कक्षा ३ देखि ५ सम्म अध्ययनरत विद्यार्थीको बाहुल्यता रहेको छ ।’ पछिल्लो समय अन्तराष्ट्रिय प्रतियोगिताहरूमा नेपालले गरेको प्रदर्शनीले स्थानीय स्तरमा समेत खेलप्रति आर्कषण बढेको महशुस भएको सिम्खडा बताउँछन्।

एकेडेमीमा क्रिकेट सिक्न आउने नयाँ खेलाडीका लागि ३ हजार रुपैयाँ भर्ना शुल्क र मासिक शुल्क १५ सय मात्र राखेर सिकाइ रहेको उनले बताए । ‘विद्यार्थीहरु एकेडेमीमा भर्ना भएपश्चात जर्सी र ट्राउजर प्रदान गर्दछौँ । समय अनुसार खेल खेलाइरहेका छाँै । खेलाडीहरुलाई बेलुका ४ः३० बजेदेखि ६ बजेसम्म प्रशिक्षण दिइरहेका छौँ ।’– उनले भने । एकेडेमीमा आबद्ध भएका खेलाडीहरुले मैत्रीपूर्ण क्रिकेट खेल खेल्नुको साथै चितवन जिल्लासँग एउटा मैत्रीपूर्ण खेल खेलिसकेको एकेडेमीले जनाएको छ । एकेडेमीमा आबद्ध खेलाडीलाई यू १६ प्रतियोगिता छनौटको लागि अभ्यास खेलहरु खेलिरहेका छन् । उमेरले २७ वर्ष लागेका एकेडेमीका प्रशिक्षक सिम्खडा आफैं पनि स्वयम् क्रिकेट खेलाडी हुन् ।

अहिले सिम्खडा आफूले क्रिकेट खेलमा जानेको ज्ञान र सिपलाई प्रयोग गर्दे एकेडेमीमार्फत् नयाँ खेलाडी उत्पादन गर्नमा व्यस्त छन्। क्रिकेट खेलको लागि चाहिने आवश्यक सामग्रीको लागि हेटौंडा उपमहानगरपालिका र मकवानपुर क्रिकेट संघले पनि समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *