नेकपा (एस)को जिल्ला अधिवेशनका लागि उपसमिति गठन

हेटौंडा, नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अधिवेशन यही वैशाख १५ र १६ गते हेटौंडामा हुँदैछ । पार्टीले जिल्ला अधिवेशनको तयारीलाई तीव्र पारेको छ । हेटौंडाको रोयल पार्टी प्लालेसमा हुने अधिवेशनको उद्घाटन एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तयारी रहेको छ ।

अधिवेशनले पार्टी मकवानपुरको नयाँ नेतृत्व चयन गर्नेछ । नेकपा (एस) मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा बसेको जिल्ला कमिटी मकवानपुरको बैठकले अधिवेशन सफलतापूवर्क सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ । अधिवेशनको आवश्यक तयारीका लागि अध्यक्ष दाहालको संयोजकत्वमा जनपरिचालन उपसमिति र प्रतिवेदन तयारी उपसमिति, ध्रुवबहादुर भुजेलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति र आर्थिक उपसमिति, कविन पन्तको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उपसमिति, किरणमान बलको संयोजकत्वमा स्वयम्सेवक उपसमिति गठन गरिएको छ ।

रामकुमार एलनको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, किशोर टन्डनको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन उपसमिति, लोकनाथ दाहालको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सानुभाई विकको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन भएको छ ।

बैठकमा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य ललितबहादुर बस्नेत, स्थायी कमिटी सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, केन्द्रिय सदस्य एवम् मकवानपुर इन्जार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, पार्टी केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, केन्द्रीय परिषद् सदस्य यादव गजुरेल लगायतको आतिथ्यता थियो । जिल्ला अधिवेशनको तयारी अन्तर्गत नेकपा एसले विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button