करणको नेतृत्वमा मकवानपुर क्रिकेट संघ

हेटौंडा, मकवानपुर क्रिकेट संघको अध्यक्षमा करण महत्रा क्षेत्री चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको चौथो अधिवेशनबाट करणको अध्यक्षतामा नयाँ समिति बनेको हो ।

संघको उपाध्यक्षमा ईश्वर प्रसाद मैनाली, सचिवमा बिनोदकुमार बानियाँ, कोषाध्यक्षमा धिरज श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यमा बिनोद प्रधान, साजनकुमार शर्मा, मनिषा चौलागाई, अमित राई, राजु गुप्ता, संजोग पोखरेल, नवराज सापकोटा, रवि थापा, अनुप प्रसाद सेनुरिया, प्रेमबहादुर क्षेत्री र कृष्णगापाल श्रेष्ठ चयन भएका छन् । चार वर्षे कार्यकालको लागि नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संघ जिल्ला अध्यक्ष बासुलाल श्रेष्ठको सभाध्यक्षता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button