२ सय मिटर दौडमा पनि स्वर्ण जितेसँगै दिनाको नाममा तीन स्वर्ण

हेटौंडा, हेटौंडामा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको आइतबार भएको २ सय मिटर महिला दौडमा पनि दिना गोपालीले स्वर्ण जित्न सफल भएकी छिन् ।हेटौंडा, थाहा नगरपालिका–१ घर भएकी दिना गोपालीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा तीन स्वर्ण जित्न सफल भएकी छिन् ।

ADVERTISEMENT

शनिबारबाट हेटौंडामा शुरु भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोपालीले महिला १०० मिटर दौड र लङ जम्पमा स्वर्ण पदक हात पारेकी हुन् ।

थाहा नगरपालिका–६ स्थित इअन एकेडेमी कक्षा आठमा अध्ययनरत छात्रा गोपालीले गतवर्ष भएको बागमती प्रदेशस्तरीय महिलातर्फको १०० मिटर र २०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् भने १३ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १०० मिटर र २०० मिटरमा पनि स्वर्ण जितेकी थिइन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya