थाहा नगरमा सहीद दिवसको अवसरमा दिप प्रज्ज्वलन

थाहानगर, थाहा नगरपालिका लगायत बिभिन्न संघसंस्थाले सहीद दिवसको अवसरमा मंगलबार साँझ दीपप्रज्ज्वलन गरि सहीदप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् । थाहा नगरपालिकाको कार्यालय इन्द्रायणी चौरमा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिताम सहीदहरुको सम्झनामा दीपप्रज्ज्वलन गरिएको सामाजिक शाखा प्रमुख अनिल लामिछानेले बताए ।

ADVERTISEMENT

लामिछानेले नगरपालिका अन्तरगतका वडा कार्यालयहरुमा पनि दीप प्रज्ज्वलन गरिएको बताए । यसैगरि पालुङ जेसीजले पनि मंगलबार साँझ थाहा नगरको बुद्ध चोकमा दीप प्रज्ज्वलन गरेको छ । दीप प्रज्ज्वलन गर्दै पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीले  सहीदको सपनालाई ब्यवहारमा उतार्नपर्ने बताए । रायमाझीले समाज परिवर्तनका आन्दोलन क्रममा भएका सहीदहरुको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्पूर्ण युवा लागिपर्न पर्ने बताए ।

पालुङ जेसीजको आयोजनामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गाेपाली, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुशोत्तम ढकाल, ईलाका प्रहरी कार्यलय पालुङका प्रमुख श्याम थापामगर, फरक साेचका संयोजक यादव जंग रायमाझी, लियाे क्लब अफ पिस थाहानगरका अध्यक्ष राेशनी गाेपाली, थाहा नगर उद्योग वाणिाज्य संघका कार्यसमिति सदस्य विश्वनाथ रायमाझी लगायत पदाधिकारीहरु, जेसीजका पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको महासचिव बिक्रम गोपालीले बताए । त्यस्तै पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मीहरुले पनि सहीद दिवसको अवसरमा दीप प्रज्ज्वलन गरि सहीदप्रति श्रद्धाञ्जली ब्यक्त गरेकाछन ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya