विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा

हेटौंडा, माघ २३ गतेबाट सुरू हुन लागेको दोस्रो संस्करणको निरज स्मृति विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक संस्था मकवानपुर क्रिकेट संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

ADVERTISEMENT

लिग कम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालय गरी १३ वटाले सहभागिता जनाएको छ । संघका अध्यक्ष करन महत्रा क्षेत्रीका अनुसार प्रतियोगिताको उद्घाटन खेल बालजागृति सेकेण्डरी विद्यालय र जेनिथ इन्टरनेशनलको बीचमा हुनेछ ।

प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ भूटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र मकवानपुरगढीमा रहेको भानु माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । संस्थागततर्फ सिद्धार्थ शिशु सदन, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, ज्ञानोदय एकेडेमी, नवोदय शिशु सदन, बालजागृति सेकेण्डरी विद्यालय, जीएस निकेतन, तुल्सीमेहर मेमोरियल विद्यालय, हेटौंडा एकेडेमी, कमाने एकेडेमी र जेनिथ इन्टरनेशल विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका संयोजक संजोग पोखरेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद ४० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजलाई ५ हजार, बेष्ट बलर÷बेष्ट ब्याट्सम्यानलाई जनही ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, म्यान अफ द म्याचलाई ट्रफी र एक सेट खाजाको कुपन, टुर्नामेन्टमा सबैभन्दा बढी छक्का हान्नेलाई ३ हजार रुपैयाँ, प्रथम ह्याट्रिक गर्नेलाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगिताका लागि प्रथम पुरस्कार रुपक मानन्धरले र दोस्रो पुरस्कार महारत बज्राचार्यले प्रायोजन गरेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनौट गरी अण्डर १६ जिल्ला टिम निर्माण गरी प्रशिक्षण गराउने क्यान मकवानपुरका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

Advertisement 5

प्रतियोगिताका लागि ५ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको पहिलो
संस्करणको उपाधी भुटनदेवी माध्यमिक विद्यालयले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *