सोलिड्यारिटी बाल सञ्जालको सक्रियतामा रक्तदान कार्यक्रम

हेटौंडा, हेटौंडा १० मा रहेको सोलिड्यारिटी बाल सञ्जालको आयोजनामा मङ्गलबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

ADVERTISEMENT

रक्तदान गर्नेमा १७ जना पुरुष र १६ जना महिला रहेका छन् । रक्तदान नै जीवनदान भएको र कक्षा १० मा अध्यनरत विद्यार्थीहरुको जीवन प्रक्रिया पाठ्यक्रममा आधारित रही रक्तदानको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयका विज्ञान शिक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

रक्तदान कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरूले रक्तदान गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *