हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा माघ २६ गते शुक्रबारबाट प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगिताको तयारी पूरा भएको हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका पूर्व मेयर हरिबल महतले गर्नेछन् ।
४ नम्बर वडामा रहेको सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले खेलमा सहभागिता जनाउनेछन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, रिलेदौड, लङजम्प, ट्रिपल जम्प, सटपुट, भलिबल, फुटबल र क्रिकेट लगायतका खेलहरु हुनेछन् ।
विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्नसके मात्र खेलकुदलाई प्रवद्र्धन गर्न सकिने वडाध्यक्ष सिग्देलले बताए । शैक्षिक सुधार समिति हेटौंडा ४ को व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।