थाहा, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगर आउने भएकाछन् ।
माओबादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड थाहा नगर आउने भएका हुन् ।
प्रचण्डले कात्तिक २४ गते शनिबार थाहा नगरको ईन्द्रायणी चौरमा हुने सम्मेलनको उद्घाटन सत्रको सभालाई सम्बोधन गर्नुका साथै शहीद/बेपत्ता परिवार, पूर्व जममुक्ति सेना सम्मान तथा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० थाहा नगर अध्यक्ष बिनोदकुमार लामाले बताए ।
सम्मेलनले बढीमा ४५ सदस्यीय नगरकमिटी चयन गर्ने वाईसियल नेपाल थाहानगर अध्यक्ष मानसिं दोङ ले बताए ।






