शनिबारमात्रै आधा दर्जन कार्यक्रम उद्घाटन गरिन् मेयर लामाले

सुजन ढकाल
हेटौंडा/सहकारीको चाड साधारणसभा धमाधम शुरु भएको छ । सहकारी ऐन अनुसार संघ/संस्थाहरुले असार मसान्तसम्ममा लेखा परीक्षण र पुस मसान्तभित्रमा वार्षिक साधारण सभा सम्पन्न गरीसक्नुपर्ने प्रावधान छ । साधारणसभा सभाले गर्दा स्थानीय तहको प्रमुख पदमा बसेका व्यक्तिलाई उद्घाटन गर्न भ्याइ नभ्याई हुन्छ । त्यस्तै भयो हेटौंडा उपमहानगरपालिका मेयर मिना लामालाई ।

ADVERTISEMENT

नव युवा बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा उद्घाटन गर्दै मेयर लामा

उनले शनिबार मात्रै आधा दर्जन कार्यक्रम उद्घाटन गरिन् । आधा दर्जन कार्यक्रम मध्ये धेरै जसो साधारणसभा नै रहेको थियो । हेटौंडा–२ मा रहेको ऊ वृद्धाश्रम चौकिटोलको साधारणसभा, प्रतिफल बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा, हेटौंडा ११ मा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा, हेटौंडा १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा, ग्याँस विक्रेता महासंघ बागमती प्रदेशले आयोजना गरेको नवनिर्वाचितलाई बधाई तथा पदस्थापना र रोट्रयाक्टको अध्यक्ष/सचिव भेला गरी ६ वटा कार्यक्रम शनिबार मात्र उद्घाटन गर्नु भएको प्रेस संयोजक राजन दहालले जानकारी दिए ।

‘हरेक संघ संस्थाले कार्यक्रममा बोलाउनु हुन्छ, कार्यक्रममा जानै प¥यो ।’ मेयर मिनाकुमारी लामाले ग्याँस विक्रेता महासंघ बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भनिन् –‘महिलाले सञ्चालन गर्नु भएको पदमपोखरमा रहेको महिला मिलन सहकारीमा पनि पुग्नु पर्नेछ । अध्यक्षज्यूले मलाई कुरिरहनु भएको छ । तपाईहरुसँग बसेर छलफल गर्ने रहर थियो तर अन्य कार्यक्रमले गर्दा चाँडै निस्किन परे त्यसको लागि क्षमा प्रार्थी छु ।’

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya