श्रमिक साना किसान सहकारीको सार्वजनिक सुनुवाई कार्यक्रम

हेटौंडा, मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाले विहिवार कार्यालय परिसरमा सार्वजनिक कार्यक्रमको आयोजना गरेको छ । संस्थाले मकवानपुरगढी गाउँपालिका र सदस्यहरुको संयुक्त लगानीमा खरिद गरि वितरण गरेको बाख्राको आयब्यय विवरणको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

ADVERTISEMENT

कार्यक्रमलाई सम्वोधन गर्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले बाख्रापालन ब्यवसायबाट राम्रो आम्दानी लिन सकिने बताए । अनुगमनको क्रममा राम्रो देखिए गाउँपालिकाले फेरि पनि सहयोग गर्ने बताउदै वहाँले ४ नं. वडालाई बाख्राको पकेट क्षेत्रको रुपमा विकास गरिने बताए ।

संस्थाले मकवानपुरगढी गाउँपालिका बाट १५ र किसानबाट १३ लाख ५० हजार र संस्थाको ८ हजार गरि कुल २८ लाख ५८ हजारको लागतमा ५५ घरधुरीलाई २ सय ५० वटा स्थानीय जमुना पारि जातको बाख्रा वितरण गरिएको ब्यवस्थापक गीता लम्सालले बताईन । यस कार्यक्रम अन्तरगत ५ वटा ब्याडे बोका खरिद, औषधि वितरण र तालिम समेत प्रदान गरिएको थियो ।
संस्थाकी अध्यक्ष निर्मला लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानगुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन, १ नं. वडा अध्यक्ष आईत सिह लो, ३ नं. वडा अध्यक्ष भागवत घिमिरे, गाउँपालिका पशु विकास शाखा प्रमुख सत्य नारायण शाह, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन प्रसाद दाहाल, ब्यवस्थापक शशि लम्साल, सञ्चारकर्मी भीमसेन पौडेल, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *