हेटौंडा एकेडेमीको सप्ताहव्यापी कार्यक्रम शुरू

हेटौंडा, हेटौंडा एकेडेमी आवासिय माध्यमिक विद्यालयको रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सोमबारबाट शुरु भएको छ ।

ADVERTISEMENT

सोमबार विद्यालयले शोभा यात्रा कार्यक्रम गरेको थियो । सांस्कृतिक झाँकी, स्काउट समूहसहित हुप्राचौरबाट शुरु भई पारिजात पथ, स्कूलरोड, सीमाचोक, बुद्धचोक हुँदै जिल्ला प्रहरी कार्यालय अगाडिको प्राङ्गणमा समापन भएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन १ गते मंङ्गलबार माधव राज सुमार्गी स्मृति अन्तर माध्यमिक विद्यालय टि २० क्रिकेट प्रतियोगिता हेटौंडा एकेडेमीले निर्माण गर्न लागेको क्रिकेट स्टेडियममा सञ्चालन हुनेछ ।

मकवानपुरको अन्डर १६ टिम र आयोजक हेटौंडा एकेडेमीबिच प्रतियोगिता आयोजना गरेर क्रिकेट एकेडेमीको शिलान्यास हुने कार्यक्रम संयोजक रबिन पौडेलले जानकारी दिए । ‘हेटौंडाको हुप्राचौरमा जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको र अन्य विद्यालयले विविध कारण जनाउँदै प्रतियोगितामा सहभागिता जनाउन चाहेनन् ।’ संयोजक पौडेलले भने –‘प्रतियोगितामा दुई टिममात्र खेलाएर पुरस्कार प्रदान गर्ने छौँ ।’

प्रतियोगितामा प्रथम र दोस्रो हुनेलाई क्रमशः नगद २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ प्रदान गरिने छ । मङ्गलबार विहान ११ बजे हुने प्रतियोगिताको उद्घाटन यू १९ नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान प्रशिक्षक जगत टमाटाले गर्ने छन् । प्रतियोगितामा नेपालको राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषवाकरको पनि उपस्थिती रहने विद्यालयले जनाएको छ । रजत जयन्तीको अवसरमा विद्यालयले आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रमको बारेमा शनिबार पत्रकार सम्मेनलको आयोजना गरी जानकारी दिएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *