तीन जना मुक्तककार सम्मानित

हेटौंडा, मुक्तक मञ्च मकवानपुरले सोमबार तीन जना मुक्तककारलाई सम्मान गरेको छ । मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजित प्रथम अधिवेशन, १४ औँ मुक्तक वाचन श्रृङ्ख्ला तथा स्रष्टा सम्मान कार्यक्रमबाट तीन जना मुक्तककारलाई सम्मान गरेको हो ।

ADVERTISEMENT

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट पोखराका मुक्तककार दीपक समिपलाई प्रदान गरेको हो । उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ ।

मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा स्थापित तारा स्मृति सम्मान २०८० बाट मुक्तककार हरिकृष्ण काफ्लेलाई प्रदान गरेको छ । प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०७९’ बाट थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जानलाई प्रदान गरेको छ । यो सम्मानको राशी नगद ५ हजार ५सय ५५ रुपैयाँ रहेको छ। कार्यक्रममा मकवानपुरे पत्रकार सुजन ढकाल र प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीलाई सम्मान गरेको थियो ।

ADVERTISEMENT

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज मुक्तककार देवराज खरेलको प्रमुख आतिथ्यता रहेको थियो । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलले सोमबार सम्मानित भएका तीन जना मुक्तककारको संक्षिप्त परिचय दिएका थिए । कार्यक्रममा करिव दुई दर्जन व्यक्तिले आफ्नो मुक्तक वाचन गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आरसी रिजाल, समाजसेवी सुदर्शन अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya