व्यवहारिक शिक्षालाई जोड दिँदै श्रीकृष्ण आर्दश

हेटौंडा, हेटौंडा–९ मा रहेको श्रीकृष्ण आर्दश इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलले पठन सिपसँगै व्यवहारिक शिक्षालाई पनि जोड दिन थालेको छ। विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने उद्देश्यले विद्यालयले वार्षिक कार्य योजनानै तयार पारेर विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष नवीन केसी जानकारी दिए ।

ADVERTISEMENT

‘ वार्षिक कार्य योजना अनुसार विद्यार्थीलाई व्यवहारिक ज्ञान तथा सिप सिकाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ।’ केसीले भने –‘ प्रत्येक हप्ताको शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गर्छ । जसअनुरुप भदौ महिनाको दुई हप्ता कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई दुना टपरी गाँस्न सिकायौँ । प्लास्टिक मुक्त बनाउने अभियानसहित वनजंगलमा झरेको पातलाई सदुपयोग गर्नका निम्ति विद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाएका हौँ ।’

विद्यार्थीले बनाएको दुना टपरी विद्यालयको क्यान्टिनमा मम खानको लागि प्रयोग हुने गर्दछ । हरेक हप्ताको आइतबार र बुधबार क्यान्टिनमा मम बनाइन्छ । विद्यालयका प्राइमेरि लेभलका इन्चार्ज उमा मिश्र तथा शिक्षिका सुनिता कार्की र कल्पना खतिवडाले विद्यार्थीलाई दुना टपरी गाँस्न सिकाएका थिए ।

कक्षा ५ देखि ९सम्म करिव ३ सय विद्यार्थीले दुना टपरी गाँस्न सिकेका थिए । अतिरिक्त क्रियाकलाय अन्तर्गत अब आउने शुक्रबार विद्यार्थीहरुलाई सियोमा धागो हालेर टाक लगाउन सिकाउनुका साथै बत्ती काट्न सिकाउने कार्यक्रम तय भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya