सहकारी समस्या समाधान गर्न बागमती सरकारले गठन गर्यो समिति

हेटौंडा, बागमती प्रदेश सरकारले सहकारीहरुको विद्यमान समस्य व्यवस्थापनका लागि समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि ३ सदस्यीय समिति समेत गठन गरेको हो ।

ADVERTISEMENT

संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर–३१ का प्रशान्त अधिकारीको अध्यक्षतामा समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा काजुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । समितिको सदस्यहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर–४ का यज्ञनाथ दाहाल र मकनापुरगढी गाउँपालिका वडा नम्बर–२ का यतिराज सापकोटा रहेको मन्त्री श्रेष्ठले बताए ।

मन्त्रिपरिषद् बैठकले गठित समितिको सदस्यहरुको सेवा सुविधा र सर्त सम्बन्धी व्यवस्था सम्बन्धी प्रस्ताव समेत स्विकृत गरको छ । उक्त समितिले सहकारीमा देखिएका विभिन्न समस्याहरुको आवश्यक अध्ययन तथा अनुगमन गर्ने र समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा समस्या ग्रस्त सहकारी घोषणाका लागि राय सुझाव दिने छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *