‘गाँजा बोकेर जेल परेका युवाहरुलाई जेलमुक्त गरियोस्’

हेटौडां, प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले भरियाका रुपमा गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेल मुक्त गर्न माग गरेका छन् ।

ADVERTISEMENT

‘जो भरिया भएर गाँजा बोक्दै थिए । ती व्यापारी थिएनन् । हातमुख जोर्नका लागि काम गर्दै थिए ती जेलमा छन् । जेलबाट ती युवाहरुलाई, सरकारले घोषणा गरोस– तिनिहरुलाई जेलमुक्त गरियोस् त्यो म माग गर्न चाहन्छु’, शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले भने ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।
सरकारको योजनामा समर्थन जनाउँदै उनले कैयौं मानिसहरु आफ्नो घरमा थोरै थोरै गाँजा रहेको कारणले समेत जेल जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गरे ।

तर केही दिनअघि संसद बैठकमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने गाँजाको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणाको आलोचना गरेका थिए । (स्रोतः अनलाइन खवर)

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *