आधारभूत तहको विज्ञान हाजिरी जवाफमा उत्कृष्ट तीन विद्यालय छनौट

हेटौँडा, विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा आधारभूत तहस्तरीय विज्ञान हाजिरी जवाफ कार्यक्रम शनिवार चन्द्रोदय मावि हेउनपा ८ मा भएको छ । जिल्लाका २८ टिमले सहभागिता जनाएको कार्यक्रममा सहभागी विद्यालयलाई पालिकागत रुपमा तिनओटा क्लस्टर बनाइएको थियो । ति क्लस्टरहरूमा प्रतियोगिता हुँदा भुटनदेवी मावि हेटौँडा ४, कालिका मावि कैलाश ९ र युवावर्ष गङ्गा आवि मनहरि ९ उत्कृष्ट हुन सफल भए ।

ADVERTISEMENT

स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेउनपा वडा नं। ८ का वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका वडाअध्यक्ष थापाले नवप्रवर्तनात्मक काम गर्नेहरूले वडासँग सहकार्य गर्न चाहेमा वडा सधैँ तत्पर रहेको बताए । छनौट चरणबाट ९ विद्यालय छनौट गरि भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य स्ट्यान जिल्ला उपाध्यक्ष भरत पोख्रेलले गरेका थिए भने सहजीकरण स्ट्यान सचिव सुवास खनालले गरेका थिए ।
कार्यक्रममा हेटौँडा उपमहानगर शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा , चन्द्रोदय विद्यालयका प्रअ जिधराज ढकाल, चन्द्रोदय मावि विव्यस सदस्य रामप्रसाद देवकोटा , स्ट्यान प्रदेश सदस्य मनिल कर्ण , नगर अध्यक्ष भुपेन्द्र यादव , नगर सचिव सुदर्शन पौडेल , नगर सल्लाहकार कुमार रुम्बा, नगर कोषाध्यक्ष रविन्द्र राउत , नगर सदस्य ईश्वर रिजाल , शिक्षकहरू अर्चना दहाल , विशाल अधिकारी , रामचन्द्र पौडेल , सविन दहाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *