५ अशक्तलाई उपमहानगरको व्हिलचेयर

हेटोंडा/विभिन्न कारण शारीरिक अशक्त भइ हिँडडुलमा समस्या व्यहोर्दै आएका उपमहानगर क्षेत्रका ५ जनालाई हेटौंडा उपमहानगरपालिका कार्यालयले व्हिलचेयर सहयोग गरेको छ । दैनिक जीवनयापनको क्रममा घर बाहिर निस्कन समेत असहज भइ थलिएर बसेका उपमहानगरपालिकाको ४ वटा वडाका ५ जनालाई बुधवार व्हिलचेयर प्रदान गरिएको हो ।

ADVERTISEMENT

शारीरिक अशक्त भइ हिड्डुलमा समस्या व्यहोर्दै आएका हेटौंडा–१४ का मानबहादुर बल, १३ कादिलमाया स्याङ्तान, १९ का कुमार अर्याल र श्यामबहादुर बल तथा हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई उपमहानगरले व्हिलचियर प्रदान गरेको हो ।
शारीरिक अशक्त भएकाको परिवारलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले व्हिलचियर हस्तान्तरण गरेकी हुन् ।

चालु आर्थिक बर्ष २०७९÷०८० मा वडा तहबाट सिफारिस भएर आएकाको परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो । सहयोग सामग्रीले शारीरिक अशक्त भएकाहरुलाई राहत मिल्ने मेयर लामाको विश्वास रहेको छ । शारीरिक अशक्त रहेकाहरुको परिवारले वडा कार्यालयको सिफारिसमा सहयोग सामग्री माग गर्ने र उपमहानगरले खरिद गरी हस्तान्तरण गर्ने प्रकृया निरन्तर अघि बढ्ने महिला तथा बालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya