हेटौंडा, राधेश्याम स्मृति साहित्य सम्मानबाट मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्यलाई सम्मान गर्ने भएको छ । यही फागुन २८ गते राधेश्याम विजया फाउण्डेशनले एक कार्यक्रमकाबीच साहित्यकार आचार्यलाई एघार हजार एकसय एघार रुपैयाँ पुरस्कार राशिले सम्मान गर्न लागेको जनाएको छ ।
यसैगरी फाउण्डेशनले दस हजार पाँच रुपैयाँ राशी रहेको विजयादेवी शैक्षिक पुरस्कार-२०८० बाट हेटौंडा १८ हर्नामाडिमा रहेको ज्योति उच्च माविबाट एसईईमा उत्कृष्ट स्थान हासिल गर्ने छात्रा पवित्रा तिमल्सिनालाई पुरस्कृत गरिने फाउण्डेशनका अध्यक्ष अरुण कुमार खतिवडाले जानकारी दिए ।
फाउण्डेशनले हरेक बर्ष बिभिन्न सामाजिक क्षेत्रमा योगदान दिंदै आईरहेको छ । २०७८ सालमा फुटबल खेलाडीलाई जर्सी वितरण गरेको फाउण्डेशनले २०७९ सालमा ज्योति माविबाट एसईईमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई १०/ १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको र यसबर्ष पनि साहित्य र शैक्षिक क्षेत्रका ब्यक्तित्वलाई सम्मान गरिन लागिएको अध्यक्ष खतिवडाले बताए।







