राक्सिराङमा तीन दिन सार्वजनिक विदा

हेटौंडा, राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

ADVERTISEMENT

तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *