मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा गुरागाईं नियुक्त

हेटौंडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भिमसागर गुरागाई नियुक्त भएका छन् । शुक्रबार प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गुरागाईंलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

ADVERTISEMENT

उनलाई स्वास्थ्य मन्त्री किरण थापाको सहमति गराएको छ । जनस्वास्थ्य कार्यालय रसुवाको प्रमुख रहेर काम गर्दै आएका थिए । जनस्वास्थ्य अधिकृत स्तर सातौं तहका गुरागाईं हालै जनस्वास्थ्य कार्यालय मकवानपुरमा सरुवा भइ आएका थिए । प्रतिष्ठानको रजिष्ट्रार बन्न उनी जनस्वास्थ्य कार्यालय मकवानपुरबाट तलब भत्ता नबुझ्ने गरी काजमा रजिष्ट्रारको जिम्मेवारी लिएका हुन् । उनको जिम्मेवारी अवधि ४ वर्षको हुनेछ ।

त्यस्तै प्रतिष्ठानको संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि संयोजक पदमा नियुक्त भएका हुन् । यसअघि पनि २०७७ मा उनी प्रतिष्ठानको संयोजकमा नियुक्त भएका थिए । उनी ४ वर्षे कार्यकाल सकेर गत भदौ १४ मा बिदा भएका थिए ।

ADVERTISEMENT

भिसी डा. ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई शुक्रबार नै सपथ गराएका छन् ।
यसअघि प्रतिष्ठानका उपकुलपति प्रा।डा।प्रदीप ज्ञवालीले शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट सपथ ग्रहण गरेका थिए । सपथग्रहण समारोहलगत्तै उपकुलपति प्रा।डा। ज्ञवालीले पदभार ग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya