विद्यालयस्तरीय गायन प्रतियोगितामा डंगोल प्रथम

हेटौंडा, हेटौंडा–५ मा रहेको ज्ञानोदय बालवाटिका आवासीय विद्यालयको आयोजनामा भएको विद्यालयस्तरीय एकल गायन प्रतियोगितामा नवोदय शिशु सदन विद्यालयका चिराग डंगोल प्रथम भएका छन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै डंगोल प्रथम भएका हुन् । प्रतियोगितामा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी विद्यालयका सुजैना गहतराज द्वितीय, ज्ञानोदय बालवाटिका आवासीय विद्यालयकी आयुष्मा उप्रेती तृतीय भएको प्रतियोगिताको निर्णायक पूर्णविक्रम अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगितामा बालज्योति माविकी सुनिता बल, जेम्स विद्यालयका जेनिशा बर्तौला र मनहरी गाउँपालिकाको युनाइटेड बोर्डिङ स्कूलका शोभित खड्का सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमश : नगद ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । भीम विरागको स्मृतिमा विद्यालयले पहिलो पटक गायन प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा गायक कृष्णगोपाल सिंह र म्युजिक कम्पोजर पूर्णविक्रम अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

ज्ञानोदय बालवाटिका आवासीय विद्यालयका प्रिन्सिपल श्याम कुमार बानियाँले गायन प्रतियोगितालाई हरेक वर्ष आयोजना गरिने बताए । विद्यालयका प्रिन्सिपल बानियाँको अध्यक्षता तथा प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष सुशील घिमिरे, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya