मकवानपुर बहुमुखी क्याम्पस प्रमुखमा डा. शिलवाल

हेटौंडा, मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा.यमबहादुर शिलवाल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले डा. शिलवाललाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णयसँगै उनी क्याम्पस प्रमुखको जिम्मेवारीमा नियुक्त भएका छन् । यसअघि डा. शंकरप्रसाद उपाध्यायको कार्यकाल सकिएपछि क्याम्पस सञ्चालक समितिले शिलवाललाई प्रमुखमा नियुक्त गरेको हो ।

मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय निर्माण गर्ने निर्णय समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button