निर्माण व्यवसायी महासंघको साधारणसभा तयारी पूरा

हेटौडा, निर्माण व्यवसायी महासंघको हेटौंडामा हुन लागेको २५ औं वार्षिक साधारणसभाको तयारी करिब पूरा भएको छ । साधारणसभाको मिति नजिकिँदै गर्दा यसको तयारी पनि करिब पूरा भएको हो । निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यता एवम् सहआयोजनामा महासंघको वार्षिक साधारणसभा हेटौंडामा हुन लागेको हो ।

ADVERTISEMENT

चैत १६ गतेबाट सञ्चालन हुने साधारणसभा १७ गतेसम्म हुनेछ । मकवानपुरबाट महासंघकै नेतृत्वमा पुगिसेकको भएपनि यहाँ साधारणसभा भने पहिलो पटक हुन लागेको हो । हेटौंडामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार सहित करिब एकहजार ८ सय निर्माण व्यवसायी सहभागी हुने बताइएको छ । हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा हुने साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए ।

‘साधारणसभाको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डा आउने पक्कापक्की भएको छ । साधारणसभाको तयारी करिब पूरा भएको छ । दुईहजार जनाका लागि आवास सहितको व्यवस्थापन गरेका छौं’, अध्यक्ष कंडेलले भने, ‘महासंघको टिमसँग निरन्तर समन्वयमा काम गरिरहेका छौं ।’ हेटौंडामा हुन लागेको साधारणसभालाई सभ्य र भव्य बनाउन सबै एकजुट भएर लागिपरेको उनले बताए । साधारणसभाका लागि विभिन्न समिति निर्माण गरी जिम्मेवारी प्रदान गरेर काम भैरहेको संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईंले जानकारी दिए ।

साधारणसभामा करिब एक करोड १० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । यस्ता राष्ट्रिय कार्यक्रमले प्रदेश राजधानीको पर्यटन प्रबद्र्धन सहित आर्थिक क्रियाकलापमा समेत वृद्धि निर्माण व्यवसायी संघ मकवानपुरले विश्वास लिएको छ । आवासका लागि होटल एसोसिएसन मकवानपुरसँग संस्थागत रुपमा छलफल र सहमति गरिसकेको बताइएको छ । साधारणसभासँगै निर्माण सामग्रीको स्टलहरु समेत कार्यक्रम स्थलमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya