हेटौंडा, १५ औँ संस्करणको विजुलीमाया वनःश्रेष्ठ अन्तराष्ट्रिय सङ्गीत पुरस्कार गीतकार राजेन्द्र थापालाई समर्पण गर्ने भएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले यही चैत २९ गते विहीबार हेटौंडामा एक कार्यक्रमका बीच गीतकार थापालाई प्रदान गर्न लागको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।
उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ । विगत पाँच दशकभन्दा बढी समयदेखि आधुनिक गीतदेखि चलचित्र क्षत्रेमा योगदान पु¥याएका थापालाई प्रतिष्ठानले सम्मान गर्न लागेको हो ।
विजुलीमाया वनः श्रेष्ठ अन्तराष्ट्रिय सङ्गीत पुरस्कारबाट २०६४ सालमा अम्बर गुरूङ, २०६५ सालमा प्रेमध्वज प्रधान, २०६६ सालमा भक्तराज आचार्य, २०६७ सालमा फत्तेमान राजभण्डारी, २०६८ सालमा शान्ती ठटाल, २०६९ सालमा दीप श्रेष्ठ, २०७० सालमा प्रकाश श्रेष्ठ, २०७१ सालमा न्हुच्छेबहादुर डङ्गोल, २०७२ सालमा मीरा राणा, २०७३ सालमा कर्म योञ्जन, २०७४ सालमा चेतन कार्की, २०७७ सालमा दावा ग्याल्मो, २०७८ सालमा दीपक ज·म र २०७९ सालमा किरण प्रधानलाई समर्पित गरेको थियो । साथै प्रतिष्ठानले अन्य पुरस्कारहरू पनि प्रदान गर्दै आइरहेको छ ।







