समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

हेटौंडा, तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो ।

ADVERTISEMENT

तर सो समयमा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले चैत्र २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसानहरुलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद कडेंलद्वारा हस्ताक्षार गरिएको विज्ञप्तिमा विभिन्न ४ बुँदे मागहरु राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निरन्तर दिने ब्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दुग्ध निरन्तर बिक्री हुने ब्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादक किसानलाई दिंदै आएको लिटर अनुदानमा निरन्तर दिने ब्यवस्था गरिनुपर्ने र पशु बिमालाई सहकारी संस्था मार्फत गर्ने ब्यवस्था गरिनु पर्ने उल्लेख छ ।

बिज्ञप्तीमा किसानबाट उत्पादित दुध खरिद गर्ने केही निजी उद्योग बाहेक अधिकांश निजी तथा सरकारी दुग्ध उद्योगबाट विगत ५ महिनादेखिको भुक्तानी प्राप्त नभएको अवस्थामा किसान आर्थिक संकटको परेकोे उल्लेख गरिएको छ । केन्द्रिय दुग्ध सहकारी संघ र जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुद्वारा २०८० फागुन १४ गतेदेखि गरिएको आन्दोलनकैै क्रममा केन्द्रिय दुग्ध सहकारी संघ, नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान र निजी डेरीहरु बिच भएको सम्झौता अनुसार किसानहरुको दुग्ध बिक्रीको भुक्तानी २०८० चैत्र २१ गते भित्र २०८० पौष मसान्तसम्मको भुक्तानी गर्ने र बाँकी भुक्तानी माघ महिनादेखि निरन्तर गर्दै जाने सम्झौता भएकोमा सो सम्झौता कार्यान्वयन नभएकोमा सरकार र उद्योगी किसानको समस्या प्रति गम्भिर नभएकोमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले खेद प्रकट गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै किसानको पसिनाको मूल्य भुक्तानी प्रति सम्बद्ध पक्ष गम्भिर नभएमा आन्दोलनको आधिबेरी सृजना गर्नुपर्ने अवस्था आएको संघका अध्यक्ष हरिप्रसाद कडेंलले बताए ।

ADVERTISEMENT

उहाँले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीहरु बिरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएकाले सम्पूर्ण दुग्ध उत्पादक किसानहरुलाई तयारी अवस्थामा रहन समेत अनुरोध गरे । साथै केन्द्रिय दुग्ध सहकारी संघ लि. ले तत्सम्बन्धी विषयलाई लिएर निकालेको बिज्ञप्ति प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ऐक्यबद्धता रहेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ । संघले उद्योगीहरुसंग करिव ५० करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको र सदस्यसंस्थाहरुमार्फत कृषकहरुलाई करिब ४८ करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको मकवानपुर जिल्ला सहकारी संघ लि. का ब्यवस्थापक कुमारमणी दाहालले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya