सिन्धुलीमा २५६ जनाले लिए प्राथमिक तहको नियुक्ती पत्र

हेटौंडा, शिक्षा सेवा आयोगबाट प्राथमिक तह सिन्धुली जिल्लाबाट उत्तीर्ण भएका २५६ जना शिक्षकले सोमबार एकैसाथ स्थायी नियुक्ती पत्र बुझेका छन् ।

ADVERTISEMENT

शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले सोमबार प्राथमिक तहमा नियुक्ति हुनुभएका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरी २५६ जना शिक्षकलाई स्थायी नियुक्ती पत्र प्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय ईकार्य सिन्धुलीका इकाइ प्रमुख निर्मलकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

शिक्षा विकास तथा समन्वय ईकार्य सिन्धुलीका इकाइ प्रमुख निर्मलकुमार घिमिरेले प्राथमिक तहमा सफल भएका शिक्षकलाई सपथ ग्रहण खुवाउनुका साथै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले नियुक्ती पत्र प्रदान गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनाललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya