महिला फुटबल कप्तान साम्बालाई हेटौंडामा सम्मान गरिने

हेटौँडा, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरण बहादुर जोशीले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई सम्मान गर्नका लागि नगद प्रायोजन गर्ने भएका छन् ।

ADVERTISEMENT

संचालक जोशीले यही साउन १७ गते सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा सहभागी हुन आउने साम्बालाई सम्मान गर्नका लागि नगद ५० हजार रुपैयाँ प्रायोजन गर्ने भएका हुन् । संचालक जोशीले आफु सँधैं महिला सशत्तिकरणको पक्षमा रहेको बताउँदै सञ्चारिका समुह मकवापुरलाई पहिलो पटक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

‘पहिलो पटक महिला पत्रकारले सहयोग मागेको छ । म सँधै महिलाहरुलाई सम्मान गर्दछु ,’ उनले भने, ‘महिला सशक्तिकरणमा मेरो सँधै साथ रहनेछ ।’ आफुले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यस्ताखाले कार्यक्रमको लागि आर्थिक मात्र नभई अन्य तरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानका लागि नगद प्रायोजन गर्ने जोशीलाई सञ्चारिका समूह नेपाल, मकवानपुरकी अध्यक्ष निशा गुरुङले संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेकी छन् ।
कार्यक्रमका लागि प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी र प्रेस चौतारी मकवानपुरकी उपाध्यक्ष प्रतिक्षा न्यौपाने सहयोग गरेका छन् । संचारिका समूह नेपाल सञ्चार क्षेत्रमा कार्यरत महिलाहरुको साझा संस्था हो । २०५२ सालमा स्थापना भएको सञ्चारिका समूहले विशेष रुपमा महिला पत्रकारहरुको हकहितका लागि काम गर्दै आएको छ ।

सञ्चार क्षेत्रमा महिलाको क्षमता अभिबृद्धि लैङ्गिक समानता, मानव अधिकार लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी विषयमा प्रशिक्षण, अनुसन्धान, वकालत तथा अन्य गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya