भोलिबाट हेटौंडामा छैठौं संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता (खेल तालिका सहित)

हेटौँडा, भोलि विहीबारबारबाट छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हेटौंडामा शुरु हुँदैछ । मंसिर १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हेटौँडा–१९, नेवारपानीमा सञ्चालन हुने छ ।

ADVERTISEMENT

केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको संयुक्त आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । पुरुष भलिबल प्रतियोगितामा हेटौंडाको १२ वटा वडाले सहभागिता जनाएको छ भने महिला भलिबल प्रतियोगितामा ७ वटा वडाको सहभागिता रहेको छ ।

पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल वडा नम्वर १७ विरुद्ध वडा नम्वर १९ बीच हुनेछ भने महिला भलिबल प्रतियोगिता वडा नम्वर १४ विरुद्ध वडा नम्वर १२ बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने विजेता टीमले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र सान्त्वना हुनेले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै,उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएका आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya