थाहा नगर/थाहा नगरपालिका-३ स्थित नवजागृत पुस्तकालयको ५४ औ स्थापना दिवस तथा साधारण सभा सम्पन्न भएको छ। पुस्तकालयको भवनमा आज पुस्तकालयका अध्यक्ष मधुसुदन रायमाझिको अध्यक्षतामा स्थापना दिवस विशेष कार्यक्रम तथा साधारण सभा भएको हो ।

सभाबाट सुमन विष्टको अध्यक्षतामा नर्या समिति निर्माण भएको छ । सदस्यहरुमा मनोज रायमाझी, किशोर रायमाझी, इशाक केसि, अनिता बिस्ट, छमकला बिस्ट, जयन्ती रायमाझी, बिश्वनाथ रायमाझी, सम्भु अधिकारी, राजकुमार कार्की, र सुमन रायमाझी गरि ११ सदस्यीय समिति चयन भएका छन् ।
नया कार्यसमितिको पदाधिकारी भने सदस्यहरुबाटै समितिको पहिलो बैठकबाट चयन गरिने अध्यक्ष सुमन विष्टले जानकारी दिए । कार्यक्रममा जनमुखी अभियान प्रालिका अध्यक्ष अरुण रायमाझी, बजार ब्यबस्थापन समिती शिखरकोटका अध्यक्ष मनोज रायमाझी, फरक सोचका अध्यक्ष यादव जङ्ग रायमाझी, पालुङ्ग बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, तथा स्थानिय युवा विनोद केसीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष राजेश केसीले पुस्तकालयको हालसम्मको आयब्ययको प्रस्तुत गरेका थिए ।







