तिहारअगाडि चाैक-चाैकमा कुर्सी, तिहारपछि टाेल-टाेलमा पहिचान बाेर्ड राख्छाैँ: वडा अध्यक्ष सिग्देल

हेटाैँडा/तिहार अगाडि जेष्ठ नागरिक र महिलालाई लक्षित गरि हेटाैँडाकाे ४ नं. वडाकाे विभिन्न स्थानमा सिमेन्टकाे कुर्सी राखिएकाे छ । ४ नं. वडा कार्यालयकाे तर्फबाट “चाैक चाैकमा चाैताराे बनाउ अभियान” अन्तरगत सिमेन्टकाे कुर्सी राखिएकाे वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे ।

ADVERTISEMENT


वडाका विभिन्न स्थानहरू मन्दिर, मस्जित, गुम्बा, चाैतारा र विशेष गरि विहान बेलुका टाेलबासी भेला हुने स्थानकाे छनाैट गरि ३० वटा कुर्सी राखिएकाे र तिहारपछि अरू १४ वटा कुर्सी राखिने वडा अध्यक्ष सिग्देलले बताउनु भयाे । कर्राकाे पिपलबाटमा स्थानीयबासीकाे माग अनुसार २ वटा वडा कार्यालयले कुर्सीकाे व्यवस्थापन गरिएकाेमा स्थानीय जेष्ठ नागरिक ध्रुव हाडाले खुसी व्यक्त गर्नुभयाे । बुद्वपथकी स्थानीय जेष्ठनागरिक शान्ति ढुङ्गगानाले गुम्बा अगाडिकाे चाैकमा ३ वटा सिमेन्टकाे कुर्सी वडा कार्यालयले दियाे, हामी विहान बेलुका भेला भई दु:खसुख साट्ने ठाउँ भयाे भन्दै हर्षित हुनु भएकाे छ ।

समाजकल्याण विकास संस्थाका काेषाध्यक्ष हरि दाहालले टाेलबासीकाे मागलाई वडाले सम्बाेधन गरेकाेमा धन्यवाद भन्नुभएकाे छ । वडा अध्यक्ष आफैँले साेधीखाेजि गरि मस्जितकाे परिसरमा कुर्सी आफैँ आएर व्यवस्थान गर्नुभएकाेमा जामे मस्जिद समितिका अध्यक्ष तयस अन्सारीले आभार व्यक्त गर्नुभयाे । तिहार सकिए लगत्तै विभिन्न टाेल विकास संस्थाकाे पहिचान हुने गरि टाेल-टाेलमा बाेर्डहरू राखिने याेजना रहेकाे वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya