हेटौंडामा किताबघर सञ्चालनमा

हेटौंडा, हेटौंडा ४ भैरवरोडमा सोमबारबाट किताबघर सञ्चालनमा आएको छ । किताबप्रतिको मोह बढाउने र विद्यार्थीहरुलाई सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले किताबघर सञ्चालनमा ल्याएको सञ्चालक छवि अनित्यले जानकारी दिए ।

ADVERTISEMENT

‘हेटौंडामा पुस्तक पसल नभएका होइनन । साहित्यसँगै बालसाहित्यलाई प्रवर्धन गर्नु हाम्रो उद्देश्य रहेको छ ।’ उनले भने –‘प्रविधिको विस्तार सँगै स्मार्ट फोनले गर्दा पछिल्लो समय किताबप्रतिको मोह घट्दै गइरहेको छ । किताब पढ्ने जेनेरेसन हराइसकेको अवस्था छ । किताबप्रति माया र निरन्तरता दिने उद्देश्य नै हाम्रो प्रमुख लक्ष्य हो ।’

किताब घरमा बाल साहित्य, नेपाली र अङ्ग्रेजी साहित्य पुस्तक मात्र रहेका छन् । पाठ्यक्रमसँग सम्बन्धि पुस्तक नरहेको उनले बताए । किताबघरमा छुट्टै वाचनालय पनि छ । वाचनालयमा अध्ययन पनि गर्न सक्नुहुनेछ ।

किताबघरमा छिट्टै बालबालिकाहरुका सिर्जनात्मक क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने उनले जानकारी दिए । अभिभावकहरुले किताब घरको अवलोकन गरी सुझाव दिन पनि उनले आग्रह गरेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *