जनतालाई सार्वभौम सम्पन्न भएका छन्ः प्रधानमन्त्री प्रचण्ड

हेटौंडा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रीक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको बताएका छन् । जनताका अधिकारलाई संविधान मार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको बताएका हुन् । हेटौंडामा शनिबार आयोजित मानव सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहासमा नै पहिलो पटक जनताका हक अधिकार सुनिश्चित गर्न संविधानले व्यवस्था गरेको बताए ।

ADVERTISEMENT

‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि मैले थोरै मानिस समेटेर अघि बाढेका थियौ । त्यो १० वर्षना नै पूरा भएको छ । त्यसको उपलब्धी सविधान हो ।’ उनले भने, ‘संविधानले जनताका मौलिक अधिकारका बारेमा उल्लेख गरिएको छ । शिक्षा स्वास्थ्य
रोजगारीको विषयहरु संविधानमा लेखिएको छ । उपचार, शिक्षा र रोजगारीको विषय सरकारको व्यवस्था संविधानमा गरेको छ । कुनै पनि नागरिक उपचार नपाएर मर्नुपर्ने अवस्था हुँदै भनेर संविधानमा लेखेका छौं । शिक्षा र रोजगारीको ग्यारेन्टी संविधानले
गरेको छ । तर, कार्यान्वयनको तदारुखता राज्यमा आएको छैन । हामीले कार्यान्वयनको पाटोलाई शसक्त बनाउन जरुरी रहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमका अभियनताहरुले राज्यले गरेको काम गरिरहेका बताए । उक्त कार्यमा सहयोग गर्न आफु मातहतबाट पहल भइरहेको र त्यसका लागि सरकारका मन्त्री र सचिवहरुसंग छलफल भइरहेको उनको भनाई छ । ‘मानव सेवाका लागि हामी प्रयत्नरत छौ । मानव सेवा आश्रमले गरेका कामको सहयोगका लागि मैले अर्थ मन्त्री र सचिवलाई बोलाएर के गर्न सकिन्छ भनेर छलफल गरिसकेको छु । अब छिट्टै सरकारको घोषणा अनुसार भवन निर्माणको काम अघि बढ्नेछ । आश्रमलाई सवारी साधनको व्यवस्था हुनेछ । अब उक्त कार्य कार्यन्वयनमा अघि बढ्ने छ । आश्रमलाई छिट्टै ७ वटा गाडी उपलब्ध हुन्छ ।’ उनले भने ।

नेपालबाट विश्वभर मानवताको सन्देश दिन सम्भव रहेको प्रधानमन्त्री प्रचण्डले बताए । उक्त कार्यका लागि हामी सबैको मुख्य उद्देश्य मानव सेवा हुनु पर्ने उनले धारणा व्यक्त गरे । मानव सेवा भन्दा माथिको विचार सिध्दान्त नै नभएको उनले दावी गरे । मानवसेवा आश्रमलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ नगद उपलब्ध गराउने सम्बन्धमा प्रयत्नरत रहेको उनले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *