हेटौंडा, थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ ।
हेटौंडातर्फ जाँदै गरेको ना.१ ज ६२६१ नम्बरको सुमो दुर्घटनामा परेको प्रहरी वृत्त थानकोटले जनाएको छ।
सो गाडीमा सवार सबै यात्रु ओर्लिएपछि जीप दुर्घटनामा परेको थियो ।
गाडीका चालक हाम फालेर बच्न सफल भएको प्रत्यक्षदर्शीले जानकारी दिए । दुर्घटनापछि जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।






