जेठ ११ गतेबाट पाचौं संस्करणको थाहा गोल्डकप प्रतियोगिता हुने

हेटौंडा, आगामी जेठ ११ गतेबाट उत्तरी मकवानपुरमा पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता थाहा नगरको इन्द्रायणी चौरको खेल मैदानमा हुने छ । थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितालाई शिखर क्लवले व्यवस्थापनको जिम्मा लिईएको छ।

ADVERTISEMENT

थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुदै आइरहेको प्रतियोगितामा पहिलो सस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोश्रो र तेश्रो सस्करणमा ३२/३२ टोलीको सहभागिता रहेको थियो भने चौथो संस्करणमा १८ टोलीले सहभागिता जनाएको थियो। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं, धादिङ , हेटौडा, चितवन, सिमरा लगायतका टोलीले भाग लिदै आइरहेको प्रतियोगिताका व्यवस्थापक शिखर क्लवका अध्यक्ष बिश्व अर्यालले बताए ।

बिगतमा सफलतापुर्वक सम्पन्न थाहा गोल्डकप बाट उत्पादित स्थानीय खेलाडीहरुले जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा आफ्नो पहिचान गराउनको निम्ति प्रतियोगिताको औचित्य भएको खेलकुद बिकास समितिका सदस्य सचिव अनिल लामिछानेले बताए । १० दिन सम्म चल्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न आव्ह्वान गर्दै जेठ ८ गते सम्म टिम दर्ता गर्न अनुरोध गरेको छ।
प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पुरस्कार पाउने छन् नगद बाहेक शिल्ड ,प्रमाणपत्र तथा मेडल सहित प्रत्यक म्याचमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *