नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि नवोदयलाई

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले जितेको छ।

ADVERTISEMENT

आज सम्पन्न फाइनल खेलमा नवोदयले कमाने एकेडेमीलाई ४३–३९ अङ्कले पराजित गर्दै उपाधि हात पारेको हो। गत वर्ष पनि फाइनल खेलमा कमाने एकेडेमी नवोदयसँग पराजित भएको थियो। प्रतियोगितामा कमाने एकेडेमीका सुमन श्रेष्ठ टुर्नामेन्टका उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, माउन्ट एभरेष्ट इङ्लिस सेकेन्डरी विद्यालय र कमाने एकेडेमीको सहभागिता रहेको थियो।

शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को समन्वय तथा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय हेटौँडा–४ को व्यवस्थापनमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा तेस्रो खेलकुद महोत्सवअन्तर्गत आयोजित प्रतियोगितामा विजयी टिमलाई फागुन ७ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya