हेटौंडाको दुई वटा सडक नमुना मार्ग बन्दै

हेटौंडा, हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र नमुना सडक निर्माण प्रकृया अघि बढेको छ ।

सहरी बिकास मन्त्रालय अन्तरगतको एकिकृत सहरी पुर्वाधार बिकास कार्यक्रम मार्फत नगरक्षेत्रमा रहेको दुई वटा नमुना सडक र एक वडा कार्यालय निर्माण हुन लागेको हो ।

मन्त्रालय मातहत रहेको संघन सहरी तथा भवन निर्माण आयोजना चितवन मार्फत उपमहानगरपालिका क्षेत्रमा नमुना सडक सहित पुर्वाधार निर्माण हुन लागेको हो । संघीय सरकारको सहरी विकास मन्त्रालय मार्फत १६ करोड रुपियाँको स्बिकृत बजेट मार्फत हेटौंडा उपमहानगरपालिका –४ को रजतजयन्ती र हेटौंडा ७, ८ को सिमानाको सडकलाई नुमना बनाउने र हेटौंडा ६ नम्बर वडा कार्यालयको भवन निर्माण गर्न लागिएको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

हेटौंडा उपमहानगरपालिका–४ को रजत जयन्ती मार्गलाई ४ लेनको सडकको रुपमा बिकास गर्दै दुबैतर्फ फुटपाथ बेरीयर, सडक बत्ती सहित अक्सपाल्ट पिच गरी व्यवस्थित सडक निर्माण गरीने तयारी रहेको आयोजनाले जनाएको छ । सडक ९५० मिटर लम्बाईको हुने बताइएको छ ।

आयोजना मार्फत हेटौंडा ७ र ८ को सिमाना क्याक्पाडाँडा पुलबाट हेटौंडा १५ तिनकुने चोक सम्मको कर्णावती सडक २ लेनको निमार्ण हुने छ । करिब ११ सय मिटर लम्बाईको सडकमा फुटपाथ, दुई तर्फ नाला, सडकबत्तीको व्यवस्था सहित निर्माण हुने बताइएको छ । स्बिकृत बजेटको सिमामा रहेर हेटौंडा ६ नम्बर वडाको एक तल्ले भवन निर्माण गरीने आयोजनाले जनाएको छ । आयोजनाले भौगोलिक अध्ययन पश्चात नमुना सडक र वडा कार्यालय भवन निर्माणका लागि गत चैत्र २० गते बोलपत्र आवहन गरेको जनाएको छ ।

संघ मार्फत पहिला आउँने भनेको २५ करोड रुपियाँ मध्य केही रकम कटेर आएकाले अहिले प्राथमितामा परेको हेटौंडा–१ को पिपलबोट, स्वगद्धारी मन्दिर हुँदै रक्त सञ्चार जाने सडकको काम नहुने संघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । सिलिङ बजेटमा कटौती हुँदा अहिले काम गर्न समस्या भएको हो, दोश्रो चरणमा सडकको कामलाई प्राथमितामा राखेर गरीने आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button