जोखिममा परेका बालबालिका र परिवारलाई सहयोग

हेटौंडा/सिविन–नेपालद्वारा सञ्चालित बालहेल्पलाइनले जोखिम परिस्थितिका बालबालिका र उनीहरुको परिवारलाई सहयोग गरेको छ । बालश्रम, बालविवाह तथा आर्थिक अभावले पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ ।

ADVERTISEMENT

मनहरी गाउँपालिकाका १६ वटा विद्यालयका २०६ जना, कृष्ण मावि भैंसेका ५ जना, कालिका मावि नामटारका ७ जना, वंशगोपाल मावि हेटौंडाका ६ जना, नवज्योति मावि हेटांैडा ७ का ५ जना, प्रभात मावि बकैया ४ का ५ जना, कर्मप्राप्ति मावि कर्मचुलीका ६ जना गरी २४० जना विद्यार्थीहरुलाई सिविन–नेपालद्वारा सञ्चालित बालहेल्पलाइनले शैक्षिक सहयोग एवम् न्यानो कपडा वितरण गरेको हो ।

विद्यालय पोशाक, स्वीटर, मोजा, झोला तथा स्टेसनरी सामग्री वितरण गरिएको बालहेल्पलाइनका प्रवन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए । शैक्षिक सामग्री वितरण कार्यक्रमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक लगायतको उपस्थिति थियो । बालहेल्पलाइन १०९८ मा बालबालिकाको लागि शैक्षिक सहयोगको माग भए बमोजिम स्थानीय तह तथा विद्यालयको सिफारिसको आधारमा सहयोगको लागि छनौट गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *