हेटौंडा, नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनु भएको हो ।
उहाँको निकटतम् प्रतिद्वन्द्वी जेन श्रेष्ठले १३३ मत प्राप्त गर्नुभयो । कमिटीको उपाध्यक्षमा राजकुमार बास्तोलाले १४३ मत प्राप्त गर्दै विजयी हुनु भयो । कमिटीको उपाध्यक्ष पदमा ६८ मत प्राप्त गर्दै इन्द्रप्रसाद खतिवडा विजयी हुनु भयो भने धनबहादुर मुक्तानले ७४ मतसहित पराजित हुनु भयो ।
कमिटीको सचिव पदमा १९७ मत प्राप्त गर्दै शान्ता गौतम (प्रदिप) विजयी हुनुभयो भने प्रकाश बानियाँले ८७ मतसहित पराजित हुनु भयो । कमिटीको उपसचिव पदमा ७४ मत प्राप्त गर्दै शान्ता कुमार तामाङ निर्वाचित हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी अर्जुन प्रसाद अर्यालले ३१ मत, कवि रेग्मिले ४१ मत, भिम तिमल्सिनाले ३४ मत, शिवबहादुर थापाले ३९ मत र सुरेश मिजारले ६७ मत प्राप्त गर्दै पराजित हुनु भयो ।
यसैगरी महिला उपसचिव पदमा १४६ मत प्राप्त गर्दै चन्द्रावति पनेरु विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी जुना दंगालले ६९ मत, रन्जिता सिलवालले ७९ मत प्राप्त गरी पराजित हुनु भयो । ३३४ प्रतिनिधिले मताधिकार प्राप्त गरेकोमा निर्वाचन प्रक्रियामा ३२७ जनाले मात्र सहभागिता जनाएका थिए ।






