नयाँ बजेट शिक्षा र स्वास्थ्य केन्द्रीत हुन्छ : नगर प्रमुख

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले नयाँ आँउने बजेटले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताएकी छन् । हेटौंडाको २ र १९ नम्बरको सुझाब संकलमा अब सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रीत बजेट निर्माणको तयारी उपमहानगरले गरेको बताइन् । ‘पुर्वाधारको क्षेत्रमा खर्चै नगर्ने भन्ने होइन, प्राथमिताका आधारमा पर्छन् तर अब शिक्षा र स्वास्थ्य प्राथमितामा पर्छ ’ उनले भनिन् ।

ADVERTISEMENT

उपमहानगको कामलाई दिगो ढंगबाट कामलाई अघि बढाउने योजना रहेको बताइन् । उनले तत्कालिन नगरक्षेत्रमा रहेका ११ वडा मध्य पछि थपिएका वडाहरुलाई विकासको गतिमा लैजाने गरी बजेट व्यवस्थापन हुने जानकारी दिइन् ।

२ नम्बर वडाको कार्यक्रममा उपप्रमुख राजेश बानियाँले नगरको बिकासलाई व्यवस्थित ढंगले गर्नका लागि निर्बाचिन भएकाहरुमाथि अनावश्क तनाब दिने काम भएको बताए । काम सुरु हुन साथै अख्तियारमा उजुरी दिने कामले बिकासको गतिलाई रोकेको बताए । उनले नगरको बिकासलाई ध्यान दिएर गर्ने काममा कुनै कसर बाँकि नराख्ने बताए ।

ADVERTISEMENT

हेटौंडा–२ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जन र १९ का अध्यक्ष नरनाथ सुबेदीको अध्यक्षतामा भएका कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधी, दुबै वडाका जननिर्वाचित प्रतिनिधी, हेटौंडा उपमानगरपालिकका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिताराम कोइराला, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *