राक्सिराङ ७ मा गर्लिङ सामुदायिक स्वास्थ्य ईकाई

हेटौंडा,/ मकवानपुरको राक्सिराङ गाउँपालिकाले विकट गाउँमा स्वास्थ्य ईकाई स्थापना गरी सेवा सुरु गरेको छ । राक्सिराङ गाउँपालिका–७ स्थित गर्लिङमा बुधबार गर्लिङ सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले स्वास्थ्य ईकाईको उद्घाटन गरेका हुन् । गाउँपालिकाबाट आवश्यक औषधि तथा फर्निचर उपलब्ध गराई वडा कार्यालयको भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको हो ।

ADVERTISEMENT

स्वास्थ्य ईकाईमा अहेब, अनमी र एक जना कार्यालयको दरबन्दी तोकिए पनि अहिले अनमी र कार्यालय सहयोगीले कार्य सुरु गरेका छन् । अहेबको लागि दरखासत आह्वान गरिए पनि दरखास्त नपरेका कारण दरबन्दी पूरा हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताए ।

गाउँपालिकाले हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ । गाउँपालिकामा एक आधारभूत अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य ईकाई गरी ११ वटा स्वास्थ्य संस्थामार्फत सेवा दिइरहिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya